रसिया पुगेका थापामगर सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
पाेखरा | असोज ८, २०८१
पोखरा: परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशीयका ज्ञान बहादुर थापामगर रसियामा हराएपछि उहाँको परिवार विचल्लीमा परेको छ । दलालमार्पmत रसिया पुग्नु भएका थापा १० महिनादेखि सम्पर्क विहिन भएपछि पाँच जनाको परिवार विचल्लीमा परेको हो ।
बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ बर्षीय थापाको पाँचजनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ ।
रसिया गएको एक बर्षभयो, मंसीरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्क विहिन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताउनु हुन्छ । रसिया जाँदा आठ लाख लागेको थियो ।
गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भन्नुभयो, श्रीमानसंग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ ।
“रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो,दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो” युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन ।
निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भन्यौ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो ।
इन्दिरा थापा भन्नुहुन्छ, मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यकृया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परिक्षेणका लागि सम्पर्क विहिन थापाको दिदी इन्दिर काठमाडौं जानुभएको थियो ।
सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जिवन निर्वाह भएको छ ।
मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौ नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उहाँले राससलाई बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

