रसिया पुगेका थापामगर सम्पर्क विहिन भएपछि परिवारको विचल्ली

पाेखरा | असोज ८, २०८१

रसिया पुगेका थापामगर सम्पर्क विहिन भएपछि परिवारको विचल्ली

पोखरा:    परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशीयका ज्ञान बहादुर थापामगर रसियामा हराएपछि उहाँको परिवार विचल्लीमा परेको छ । दलालमार्पmत रसिया पुग्नु भएका थापा १० महिनादेखि सम्पर्क विहिन भएपछि पाँच जनाको परिवार विचल्लीमा परेको हो । 


बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ बर्षीय थापाको पाँचजनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ ।
रसिया गएको एक बर्षभयो, मंसीरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्क विहिन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताउनु हुन्छ । रसिया जाँदा आठ लाख लागेको थियो ।
 

गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भन्नुभयो, श्रीमानसंग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ ।


“रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो,दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि  दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो” युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन ।


निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा  परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भन्यौ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो ।

 
इन्दिरा थापा भन्नुहुन्छ, मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यकृया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परिक्षेणका लागि सम्पर्क विहिन थापाको दिदी इन्दिर काठमाडौं जानुभएको थियो ।


सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जिवन निर्वाह भएको छ ।


मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौ नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उहाँले राससलाई बताउनुभयो ।  
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्